स्टेज किङ्ग दुर्गेशले किन रोके आफ्ना सवै कार्यक्रम?
स्टेजमा अहिले पहिलो रोजाईमा कोहि रहेको छ भने ती हुन् , दुर्गेश थापा । ‘दुश्मन हेरेको हेरै’ गीत अहिले उनको चर्चित गीत हो। यो गीतमा नाच्न र झुम दर्शक लालायित हुन्छन्। सामाजिक संजाल देखि हरेक प्लेटफर्ममा दुर्गेशको यो गीत हिट छ। पछिल्लो एक महिनामा मात्र उनी २२ वटा बढी स्टेज प्रोग्राममा देखिए।

उनि अहिले स्टेजका बादशाह हुन् भन्दा फरक पर्दैन र कसैले गुनासो गर्न पर्ने अवस्था पनि रहेको छैन। स्टेजमा पहिलो नम्बरको रोजाइमा परेका दुर्गेशले आफ्नो कार्यक्रम केहि समयका लागी रोकेका छन्।

चैत्र ७ गतेदेखि चैत्र १५ गतेसम्म ‘एसईई (SEE ) परिक्षा संचालन हुँदैछ। दुर्गेशका दर्शक धेरै युवा पुस्ता रहेका छन्। यसैलाई लक्षित गरेर दुर्गेशले यो परिक्षा संचालन अवधिभर कुनै पनि ईभेन्ट, महोत्सव र कन्सर्ट नगर्ने घोषणा गरेका छन् । उनले यो अवधिभर आफु कार्यक्रम गरेमा भाई बहिनीहरुको पढाइमा असर पर्ने भन्दै कुनै कार्यक्रममा सहभागी नहुने भन्दै विज्ञप्ति निकालेका छन्।