व्ल्याक गाउनमा बोल्ड आंचल (फोटोफिचर)


‘नाई न भन्नु ल ४’ डेव्यु गर्ल आंचल शर्माले छोटो समयमा राम्रो चर्चा बटुल्न सफल भएकी छिन्। कार्यक्रम अनुसार आफुलाई तयार बनाएर उपस्थित हुन आजभोली आंचल झन् माहिर बनेकी छिन्। आफुलाई फिट बनाएपछि आंचल झन् बोल्ड देखिएकी छिन्।

विवाह र लकडाउनपछी आफ्नो तौल बढाएकी आंचल यतिबेला आफुलाई फिट राख्न जोडदार मिहेनत गरिरहेकी छिन्। दैनिक ४ घण्टा समय उनी आफुलाई फिट राख्न छुट्याइरहेकी छिन्।

आंचल भन्छिन्,’ मैले आफुलाई फिट राख्न मिहेनत गरिरहेकी छु। बिहान २ घण्टा र बेलुकी २ घन्टा पूर्ण रुपमा आफुले आफैलाई समय दिईरहेकी छु।

आंचल दुई चलचित्रको लागी आफुलाई तयार पारिरहेकी छिन्। मिलन चाम्स निर्देशित चलचित्र ‘वर एण्ड बधु’ को जेठ अन्तिम बाट सुटिङ्ग सुरु गर्ने तयारीका साथ घोषणा भएको छ। विकास राज आचार्य निर्देशित ‘नाइँ न भन्नु ल ६’ का लागी पनि उनि अभिनेत्रीको रुपमा अनुबन्धित भैसकेकी छिन्। ‘वर एण्ड बधु’ को भव्य रेड कार्पेट घोषणा कार्यक्रममा आंचल व्ल्याक गाउनमा निकै बोल्ड देखिएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्