सुजनको निर्देशनमा करण परियारको ‘सम्झना’
नेपाल आइडल सिजन ५ मा विजेता करण परियारको शब्द, संगीत र स्वर रहेको गीत ‘सम्झना’ सार्वजनिक भएको छ । स्वरमा करणलाई रोहित सुन्दासले साथ् दिएका छन् । आइडलको विजेता भएपछी करणले थुप्रै गीतमा स्वर भरेको भए पनि उनले पहिलो पटक आफ्नो सृजना सार्वजनिक गरेका हुन् ।

भिडियो सार्वजनिक गरेपछि करण भन्छन_’ अब लगातार आफ्नो युट्युबबाट आफ्नै सृजनाहरु सार्वजनिक गर्नेछु । केहि नयाँ तयारी पनि भैरहेको छ।’ उनले थपे-‘मलाई नेपाल आइडलमा जिताउनुभएका दर्शकका लागि भए पनि म आफैले राम्रा गीतहरु बनाउनुपर्ने हुन्छ र मेरो चाहाना पनि त्यहि नै हो।’
रंग पत्रकार सुजन श्रेष्ठले निर्देशन गरेको वान टेक भिडियोमा करण र रोहित फिचर्ड छन् । भिडियोको डीओपी सुशान ठटाल हुन् भने भिडियोलाई पंकज महराले खिचेका हुन् । भिडियोलाई सुशिल घिमिरेले सम्पादन र कलर गरेका हुन ।