दयाहाङ र तेरियापछि ‘मितज्यू ’मा अभिनेत्री स्मिता लामिछाने अनुबन्धित


अनिल बुढा मगरको निर्देशनमा निर्माण हुने चलचित्र ‘मितज्यू’मा अभिनेत्री स्मिता लामिछाने अनुबन्धित भएकी छन् ।निर्मात्री समेत रहेकी लामिछानेले ‘१२ सत्ताइस’ बाट नेपाली चलचित्रमा मुख्य अभिनेत्रीको रुपमा डेव्यु गरेकी हुन् । उनको निर्माण तथा अभिनय रहेको चलचित्र ‘आँखा’ गतवर्षको असोजमा प्रदर्शनमा आएको थियो । यससँगै उनको मुख्य भूमिका रहेको चलचित्र ‘म राजेश हमाल’ प्रदर्शनको तयारीमा छ ।

गतवर्षको सुपरहिट चलचित्र ‘घरज्वाइँ’ निर्माण टिमले बनाउन लागेको ‘मितज्यू’ को छायांकन आगामी मंसिरबाट सुरु हुनेछ । गतवर्षको असार अन्तिममा प्रदर्शनमा आएको ‘घरज्वाइँ’ ले ५१ औं दिन मनाउनुका साथै दर्शक तथा समीक्षकबाट उत्कृष्ट प्रतिक्रिया पाएको थियो । हाल कथा लेखनको चरणमा रहेको ‘मितज्यू’को मुख्य भूमिकामा यसअघि नै अभिनेता दयाहाङ राई र तेरिया फौजा मगर अनुबन्धित भैसकेका छन् ।

जिएम मूभिज प्रोडक्सन र एबीएम सिने प्रोडक्सनको ब्यानरमा चलचित्र निर्माण हुनेछ । आगामी चैत २७ गते नेपाली नयाँ वर्षलाई चलचित्रको प्रदर्शन मिति घोषणा भैसकेको छ ।

प्रतिक्रिया दिनुहोस्