‘राम नाम सत्य’ मा एकसाथ एक्सन गर्दै विराज भट्ट र सुशील श्रेष्ठ


माइकल चन्दको निर्देशनमा विराज भट्ट प्रमुख भूमिकामा रहने चलचित्र ‘रमा नाम सत्य’ मा नायक सुशील श्रेष्ठको प्रवेश भएको छ। एक्सन चलचित्रमा सुशीलको प्रवेशले चलचित्रको लाइनअप अझ बलियो बन्ने पक्का भएको छ। चलचित्र ‘आउट ल’ मा सुशीलले गरेको एक्सनको प्रसंसा भएको थियो।

चलचित्रमा विराज र सुशील दुई पुस्ताको एक्सन चलचित्रमा देख्न पाउने भएका छन्। चलचित्रमा अभिनेत्री र अन्य केहि कलाकार फाइनल हुन् बाँकि रहेको निर्माण टिमले बताएको छ।

माइकल इन्टरटेन्मेन्ट हाउसको व्यानरमा निर्माण हुन लागेको चलचित्रमा उपेन्द्र शाही, स्वेता विमली र उत्तम गुरुङको लगानी रहनेछ । चलचित्रका कार्यकारी निर्माता डा. डी. आर. उपाध्याय, टी आर गौडेल र नरेन्द्र शाह हुन् । म्युजिक भिडियो निर्माणमा सफलता हासिल गरेपछि निर्देशक चन्दको यो पहिलो निर्देशकीय चलचित्र हो ।

प्रतिक्रिया दिनुहोस्