‘मिरमिरे’ मा सहकार्य गर्दै दया र प्रकाश
यम शेर्पाको निर्देशनमा तयार हुने चलचित्र ‘मिरमिरे’ को कलाकार लाइनअप बलियो बन्दै गएको छ। अभिनेता दयाहाङ राईलाई अनुबन्ध गरिएको चलचित्रमा अब प्रकाश सपुतको इन्ट्री भएको छ। प्रकाशले पछिल्लो समय गायन भन्दा अभिनयमा आफुलाई स्थापित गराईरहेका छन् । दया र प्रकाशको यो पहिलो सहकार्य हुनेछ ।

अन्य कलाकारबारे हालसम्म यो टिमले जानकारी दिएको छैन । “हामी कलाकारसँग सम्झौताकै क्रममा छौँ । केहीसँग कुरा भइरहेको छ,” निर्देशक यम शेर्पाले भने, “हामी अहिले बजारले रुचाएका र अभिनयमा पक्कड भएका कलाकारलाई नै लिएर काम गर्नेछौँ ।”
चलचित्र ‘कार्साङ’ फेम्ड निर्देशक यमले ‘मिरमिरे’को कलाकार लाइनअप बलियो हुने बताए ।यार्सा फिल्म्सको प्रस्तुति रहने चलचित्रले ग्रामीण परिवेशको सामाजिक कथा भन्ने यमले जानकारी दिए । चलचित्रको निर्देशन सँगै स्टोरी पनि यम शेर्पा स्वयंले लेखेका छन् । निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’का सह–निर्मातामा गोविन्द बोहरा र ईश्वर श्रेष्ठ छन् । यो चलचित्रको कार्यकारी निर्मातामा आरआर फिल्मसका सञ्चालक समेत रहेका चलचित्र वितरक रोहित कट्टेल रहेका छन् ।