‘ऊनको स्वीटर’ ले गर्यो प्रदर्शनको ५१ औं दिन पार
नविन चौहानको निर्देशनमा तयार भएको चलचित्र ‘ऊनको स्वीटर’ ले प्रदर्शनको ५१ औं दिन पार गरेको छ। देशभरका करिव ४० वटा हलहरुमा चलचित्र यो एतिहासिक आंकडा पार गरेको हो। दर्शकको सकारात्मक प्रतिक्रिया सहित प्रदर्शनरत चलचित्रका गीतले पनि उत्साहजनक प्रतिक्रिया र दर्शकको साथ पाएका थिए ।

‘ऊनको स्वीटर’ले ग्रामीण तथा सहरी दुवै क्षेत्रका दर्शकहरूलाई आकर्षित गर्न सफल भएको छ । हल सञ्चालकहरूका अनुसार, यो चलचित्र हेर्न परिवारसहित आउने दर्शकहरूको सङ्ख्या उल्लेख्य रहेको छ । चलचित्रले मिडिया समीक्षक तथा स्वतन्त्र समीक्षकहरूबाट पनि सकारात्मक प्रतिक्रिया पाइरहेको छ, जसले गर्दा यसको चर्चा अझ बढेको छ ।
चौहानले नै यस चलचित्रको स्क्रिप्ट लेखेका हुन् भने आर्टमान्डूले निर्माण गरेको हो । विपिन कार्की, मिरुना मगर, एलेक्स पारस, परीक्षा लिम्बु, विल्सन विक्रम राई, भावना खपांगी मगर, सुनिल पोखरेल लगायतको अभिनय रहेको छ । यसका गीत निर्देशक सुजन चापागाईँ हुन् भने सङ्गीत निर्देशक कोविद बज्र हुन् ।