माओत्से गुरुङको ‘पेन्सनपट्टा’ मा दयाहाङ राई
‘दयारानी’ मार्फत चलचित्र निर्देशनको सुरुवात गरेका माओत्से गुरुङ आफ्नो दोश्रो चलचित्रको तयारीमा जुटेका छन्। दयाहाङ राई प्रमुख भूमिकामा रहने चलचित्रको नाम ‘पेन्सनपट्टा’ राखिएको छ। दया र माओत्सेले चलचित्र ‘दयारानी’ मा पनि सहकार्य गरेका थिए।

दोस्रो सहकार्यलाई अझै परिस्कृत ढंगले अगाडी बढाउनुका साथै अर्को एउटा उत्कृष्ट चलचित्र दर्शकलाई पस्किने प्रयास रहने निर्देशक गुरुङ बताउँछन् । कार्तिक तेस्रो साताबाट छायांकनमा जाने चलचित्रले लोभी केटा कसरी दानी बन्छ भन्ने कथा भन्ने निर्देशक तथा निर्माता गुरुङले बताए ।माओत्से गुरुङ फिल्मस्को ब्यानरमा निर्माण हुने चलचित्रको कथा पनि निर्देशक गुरुङले नै लेखेका हुन् । कास्की जिल्लाको पोखरा आसपासमा छायांकन गरिएन चलचित्रलाई सुशन प्रजापनिले खिच्नेछन्। चलचित्रमा दया बाहेकका अन्य कलाकार सार्वजनिक गरिएको छैन।