पुषमा रिलिज हुने प्रदिपको ‘एक्लो’ मा यस्तो देखियो लुक्स (भिडियो)
चलचित्र ‘एक्लो’ ले आफ्नो प्रदर्शन मिति तय गरेको छ। चलचित्रको निर्माण टिमले आइतबार फर्स्टलुक भिडियो सार्वजनिक गर्दै पूशमा चलचित्र प्रदर्शन हुने बताएको छ। पुषको कुन मितिमा चलचित्र आउने भन्ने कुरा भने भिडियोमा उल्लेख गरिएको छैन।

निर्माण टिमले सार्वजनिक गरेको भिडियोमा चलचित्रका प्रमुख कलाकारको क्यारेक्टर लुक्स प्रस्तुत गरिएको छ। प्रदिपलाई योद्धाको रुपमा देखाइएको छ। भिडियोमा प्रदिपसहित बेनिशा हमाल, दीया मास्के, विजय लामा, सुनील थापा, सुरजसिंह ठकुरी, कविता नेपाली, एवन राज उप्रेती र बेलायती अभिनेता जेमी बेकन प्रस्तुत छन्। प्रदिपको पृष्ठभूमिमा दौडिरहेको सेतो घोडा र आगो देख्न सकिन्छ ।
प्रदिप शाहीको निर्देशनमा तयार भएको चलचित्रमा दिनेश डीसी, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोद सुवेदी ‘क्षितिज’, श्रीशेष श्रेष्ठ, बाल कलाकारहरु जेमिन श्रेष्ठ र स्योन सविक सिंह लगायतको पनि अभिनय रहेको छ ।
बेलायतमा पोस्ट प्रोडक्सनको काम भइरहेको चलचित्रका निर्माताहरुमा राजुकुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नवीन सिवा, बागवीर पुन, भुवन अधिकारी, संगीता वादी श्रेष्ठ, रितेश राना, सुशील प्रजापति र शशिकला गुरुङ रहेका छन् भने कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ हुन् ।