‘माइतिघर’ फस्टलुक रिलिज, मुख्य कलाकारको चरित्र चित्रण
चलचित्र ‘माइतिघर’ फस्टलुक रिलिज भएको छ। रोहित अधिकारी फिल्मस् प्रा.लिको व्यानरमा निर्माण भएको चलचित्रको पोष्टरमा मुख्य कलाकारलाई स्थान दिईएको छ । चलचित्रमा केदार घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, वुद्दि तामाङ, युवराज लामा, शिशिर वाङ्देल, रजनी गुरुङ, सन्तोष शाही, फूलकुमार बमजम, संगीता थापा लगायतका कलाकारहरुको अभिनय छ ।

मिलन तामाङको निर्देशनमा तयार भएको चलचित्रमा रविन शेरचन र धिरज तामाङको लगानी रहेको छ भने ईश्वर श्रेष्ठ र निरज कटुलाल कार्यकारी निर्माता रहेका छन्।
रोहित अधिकारीको प्रस्तुतिमा तयार भएको चलचित्रमा चन्द्रकुमार दोङको कथा, सुशन प्रजापतिको छायांकन, रामशरण पाठकको पटकथा तथा संवाद, सुरेन्द्र पौडेलको सम्पादन, किरण खरेल, कुमार स्याङ्बा र राम अविरलको गीत, चन्द्रकुमार दोङ, एलिस कार्की, एस.डी योगी र स्वर्गिय जयदेवको संगीत, अष्ट महर्जनको एक्सन, साहिल खानको ट्रेलर छ । चलचित्र दशैंको फूलपातिको अवसर पारेर असोजको १३ गतेबाट रिलिजमा आउँदैछ ।
चलचित्रको फस्टलुकमा कलाकारहरुको पात्र परिचय गर्न खोजिएको छ । यस्तै, पोस्टरमा उज्यालो बलिरहेको घर रहेको छ जसले माइतीघरलाई चित्रण गर्न खोजिएको वुझ्न सकिन्छ । चलचित्रले तामाङ संस्कृतिको कथालाई समेत उठान गरेको छ ।