बिक्की गुरुङको गीत ‘डर लाग्छ’ मा मलिका र कुन्साङ


गायक, गीतकार तथा सङ्गीतकार बिक्की गुरुङले करिब पाँच वर्षपछि नयाँ गीत ‘डर लाग्छ’ सार्वजनिक गरेका छन्। यस गीतमा शब्द, सङ्गीत र स्वर स्वयं बिक्की गुरुङकै रहेको छ। गीतको भिडियोमा अभिनेत्री मलिका महत, अभिनेता कुन्साङ बम्जन र मोडल पूर्णिका सिजापतिले अभिनय गरेका छन्।

गीत ‘डर लाग्छ’ को निर्माण भिक्टर रसाइलीले गरेका हुन्। गीतको भिडियोलाई विजय दोङले निर्देशन गरेका हुन् भने छायाङ्कन, सम्पादन जितु तामाङले गरेका छन्।

बिक्की गुरुङ अमेरिका निवासी नेपाली कलाकार हुन् जसले २०१५ मा ‘केवल’ गीतबाट आफ्नो व्यावसायिक सङ्गीत यात्रा थालेका थिए। त्यसपछिका उनका ‘मरी जाऊँ’ र ‘मरी जाऊँ २’ जस्ता हिट गीतहरूले दर्शक तथा श्रोतामाझ गहिरो प्रभाव जमाएका छन्। उनका गीतहरूमा प्रेम, बिछोड र जीवनका संवेदनशील पक्षहरूलाई आत्मीय रूपमा प्रस्तुत गरिन्छ।

प्रतिक्रिया दिनुहोस्