चलचित्रमा एकसाथ देखिदै निरुता, रेखा र पूजा
अभिनेत्री रेखा थापा र पूजा शर्माको दोश्रो सहकार्य चलचित्र ‘३६ को आँकडा’ को शुभसाइत गरिएको छ। सोमबारबाट छायांकनमा जाने चलचित्रको शनिबार कृष्ण जन्माष्टमीको अवसर पारेर मुहर्त सुरु गरिएको हो। काइट्स इन्टरटेन्मेन्ट प्रा.लि र रेखा फिल्मस्को व्यानरमा निर्माण हुन लागेको चलचित्रलाई सवीर श्रेष्ठले निर्देशन गर्नेछन्।

रेखा थापा, पूजा शर्मा, पुष्प खड्का, महेश त्रिपाठी, सुवर्ण थापा र निरुता सिंहको अभिनय रहने पक्का भएको छ । शिवम् अधिकारीको लेखन, सुरेश अधिकारीको संगीत, ईश्वर सिंकेमनको छायांकन चलचित्रमा रहनेछ।

शुभसाइत समारोहमा चलचित्रको टिम उपस्थित थियो । मुहर्तसंगै चलचित्रको टिमले एक पोष्टर पनि सार्वजनिक गरेको छ। सार्वजनिक पोष्टरमा रेखा र पूजा फिचर रहेका छन्। रेखा प्रहरी अफिसर्सको भूमिकामा देखिएकी छिन् भने पूजाको हातमा हतकडी रहेको छ ।
केहि बर्षपछि यहि चलचित्र मार्फत निरुता अभिनयमा फर्किन लागेकी हुन्। लामो समय नेपाली चलचित्रमा सफल अभिनेत्रीको रुपमा रहेकी निरुता भारत बस्दै आएकी छिन्। उनि यहि चलचित्रका लागी आज नेपाल आउदैछिन्। रेखा र निरुताले केहि सफल चलचित्रमा सहकार्य गरिसकेका छन्।