गुलाम अलिको नेपाली गीत ‘गजल उनकै गीत उनकै’ सार्वजनिक
विश्व चर्चित गजलकार गुलाम अलिका खानका तीन पुस्ता उस्ताद गुलाम अलि खान, छोरा आमीर गुलाम अलि खान र नाति नाजीर आमिर गुलाम अलि खानको स्वर रहेको नेपाली गजल गीत ‘गजल उनकै गीत उनकै’ सार्वजनिक गरिएको छ । मंगलबार साँझ कमलपोखरीस्थित बिग मुभिजमा आयोजित एक कार्यक्रममा गीत सार्वजनिक गरिएको हो ।

मनोज खड्काको शब्द रहेको गीतमा संगीत मिलन मोक्तानले दिएका छन् । गीतको एरेन्ज किरण खरेलले गरेका हुन् । गीतमा मोडल दीपक घिमिरे र वर्षा कुवँरको अभिनय छ ।
केही अगाडि एक साङ्गीतिक कार्यक्रममा नेपाल आएका गुलाम अलिले आफ्ना नेपाली श्रोता तथा दर्शकका लागि यो गीत दिएको कार्यक्रममा सङ्गीतकार मीन मोक्तानले बताए । मिलन मोक्तानको निर्देशन रहेको भिडियोमा सुवास लोकेन्द्रको छायाङ्कन र अर्जुन खड्काको सम्पादन छ ।