‘कल्ली’ को ३ पोष्टर सार्वजनिक
चलचित्र ‘कल्ली’को ३ पोस्टर सार्वजनिक भएको छ। फागुनको १ गतेबाट रिलिजमा आउने चलचित्रको पोष्टर सार्वजनिक गर्दै निर्माण टिमले प्रचार सुरुवात गरेको हो। किरण नेपालीको प्रस्तुतिमा तयार भएको चलचित्रमा लक्ष्मण सुनारको कथा र निर्देशन रहेको छ।

सार्वजनिक पोष्टरमा नायक नाजिर हुसेन र नायिका वर्षा राउतको काखमा बाल कलाकार मञ्जिला बानियाँलाई देख्न सकिन्छ । यस्तै, अर्को पोष्टरमा कलाकार सुलक्षण भारतीको भिन्न गेटअप छ भने अर्को एक पोष्टरमा नायक सौगात मल्ललाई देख्न सकिन्छ ।
चलचित्रमा उत्तम प्रधान, सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, सुलक्षण भारती, वर्षा राउत, बेगम नेपाली, बिनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, अर्जुन गुरुङ, सन्जोक राणा, गीता अधिकारी, कुल बहादुर अधिकारी, सरस्वती खत्री र श्याम मगरको मुख्य भूमिका छ । चलचित्रमा उपेश ढकाल, मञ्जिला बानियाँ र समर्पण खतिवडा बाल कलाकारको रुपमा छन् । लेकाली इन्टरटेन्मेन्ट प्रा.लि र कस्तुरी प्रोडक्सनको प्रस्तुतिमा चलचित्र तयार भएको हो ।