‘हर्ष’ को गीतमा वर्षासंग रोमान्टिक खगेन्द्र


चलचित्र ‘हर्ष’को दोस्रो गीत ‘कुटु कुटु कस्तो माया लाग्यो बरिलै’ सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक गीतमा चलचित्रका दुई मुख्य कलाकार खगेन्द्र लामिछाने र वर्षा राउत रोमान्टिक अवतारमा प्रस्तुत छन् । अभिनेता खगेन्द्र लामिछाने पहिलो पटक ‘हर्ष’ मा रोमान्टिक अवतारमा प्रस्तुत भएका हुन् ।

सनिश श्रेष्ठ र अप्सरा घिमिरेको स्वर रहेको गीतमा एलिस कार्कीको संगीत रहेको छ भने नीरकमल खड्का (मामल)को शब्द रचना रहेको छ। भिडियोमा सुनिल क्षेत्रीको कोरियोग्राफी रहेको छ।

एकता पौडेलको डेव्यु निर्देशनमा तयार भएको चलचित्रमा खगेन्द्र र वर्षासहित निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन, सिर्जना नापित र बालकलाकार साइमन वादीको अभिनय छ ।

अष्टलक्ष्मी प्रोडक्सन्स् र ई-प्राईम मुभिजको ब्यानरमा निर्माण भएको चलचित्रको कथा स्वयं निर्देशक पौडेलको हो । प्रशन्न पौडेल र विकास पौडेल निर्माता तथा हिक्मत चोखाल कार्यकारी निर्माता रहेको चलचित्र मङ्सिर १२ गतेबाट रिलिज हुँदैछ।

प्रतिक्रिया दिनुहोस्