‘आ बाट आमा’को गीत ‘सृष्टिकै पहिलो नाम’ रिलिज
चलचित्र आ बाट आमा’को गीत ‘सृष्टिकै पहिलो नाम’ सार्वजनिक भएको छ। रवि ओडको स्वरमा तयार भएको गीतको अडियो र भिडियो दुवै निकै भावुक बनाउने प्रकारको रहेको छ। शब्द रचना र संगीत बाबुल गिरीको रहेको छ। गीतको भिडियोमा विपना थापा,पल शाह,प्रदीप रावत,सिम्रन पन्त,उषा उप्रेती,साइग्रेस पोखरेल,गजित बिष्ट लगायतलाई देख्न सकिन्छ।

चन्द्र पन्तको कथा र निर्देशनमा तयार भएको चलचित्र आमाबुबा र सन्तानको प्रेमको कथा प्रस्तुत गरेको छ । आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा लगानी कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाश जंग कुँवर, ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुंगानाले गरेका छन्।
चलचित्रको कार्यकारी निर्माता करण सिंह रसाली रहेका छन्। अभिमन्यु निराबीले लेखेको चलचित्रको संवाद अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्तले तयार गरेका छन्। चलचित्रमा नवराज उप्रेती डिओपी, गम्भीर बिष्ट र दिलिप ओखेडाको कोरियोग्राफी र कोशिस क्षेत्री,बाबुल गिरी,थानेश्वर गौतमको संगीत रहेको छ । चलचित्र माघ १६ गतेबाट रिलिज हुँदैछ।



