सुहाङको निर्देशनमा ‘म तिमीबिना’, हिमाल र सुप्रियाको रोमान्स
तिलक राईको शब्द सिर्जना, सङ्गीत र कम्पोजमा तयार भएको नयाँ गीत ‘म तिमीबिना’ सार्वजनिक भएको छ। सञ्चारकर्मी सुहाङ कुलुङ वलाखामको निर्देशनमा तयार भएको भिडियो केहि दिन अगाडी सुनसरीको वराहक्षेक्रस्थित चत्रघट्टीमा औपचारिक कार्यक्रमको आयोजना गरेर सार्वजनिक गरिएको थियो।

भिडिओमा प्रेमी प्रेमिकाबीचको सम्बन्धमा आइपरेको पारिवारिक व्यवधान र त्यसबाट सिर्जित उतारचढावलाई उतारिएको छ । भिडियोमा हिमाल राई र सुप्रिया पुरीलाई फिचरिङ गरिएको छ । जसमा अर्जुन श्रेष्ठ, तुलसी मगर, लालबहादुर बस्नेतलगायतको अभिनय छ । पेन्जी योङले भिडिओको छायाङ्कन र सम्पादन गरेका छन् ।





