हामी तीन भाई’ को गीत ‘मैले जति दुःख, पिढा,कष्ट पाको भए’रिलिज
चैत १३ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘हामी तीन भाइ’ को लिरिकल गीत रिलिज भएको छ। महाशिवरात्रीको दिन पारेर निर्माण टिमले मार्मिक गीत ‘मैले जति दुःख, पिढा,कष्ट पाको भए’ रिलिज गरेको हो। गीतलाई बाबुल गिरीले गाएका छन् भने संगीत पनि उनैको छ। गीतले आफ्नो दुख बेदना र संघर्षको कथालाई सुनाउँछ। आफ्नो दुःख कष्ट अरुले पाको भए सायद भगवान पनि रुन्थेँ भन्ने भाव गीतले बोलेको छ।

मधुसुदन भट्टराई निर्देशित चलचित्रमा विनोद न्यौपाने, लक्ष्मी वर्देवा, कुशल बिष्ट, आश्मा गिरी, जाहन्वी बस्नेत, फलित राई, राजाराम पौडेल, रविन्द्र झा, बिष्णु सापकोटा , विकास चापागाइँ, शुष्मा निरौला, यादव देवकोटा (सरापे),अन्जु हमाल,तारा शर्मा,पवन केसी, रमा बिष्ट, विरेन श्रेष्ठ, शुष्मा जिम्बा,खिन्न बहादुर भण्डारी (भोले),गोविन्द प्रसाद पौडेल,भुमिका गिरी,टेकराज पौडेल, अमृतमान महर्जन लगायतले अभिनय गरेका छन्।
प्रसिद्धि सिने आर्टस् प्रालीको व्यानरमा निर्माण भएको चलचित्रको निर्मातामा त्रिरत्न श्रेष्ठ र मनोज श्रेष्ठ रहेका छन्। साथै कार्यकारी निर्माता विक्रम तामाङ रहेका छन् भने सह–निर्माता भक्तलाल श्रेष्ठ, प्रतिमा थापा पोखरेल, दुर्गालक्ष्मी पाण्डे विशेष सहयोगी शम्भु कुमार केसी रहेका छन्। साजित महत प्रस्तुतकर्ता रहेको चलचित्रको पटकथा तथा सम्वाद शिवम् अधिकारीले लेखेका हुन् ।



