युट्युव ट्रेन्डिगंको शिर्ष स्थानमा ‘मास्टर्नी’


आयंका फिल्म्सको प्रस्तुतीमा तयार भएको चलचित्र ‘मास्टर्नी’ को प्रमोसनल गीत ‘मास्टर्नी’ युट्युव ट्रेन्डिगंको शिर्ष स्थानमा पुगेको छ। रिलिज भएको २४ घण्टामा नै यो चलचित्रले अडियो र भिडियो दुवैमा ट्रेन्डिगंको शिर्ष स्थान कब्जा गर्न सफल भएको हो । दुर्गेश थापाको शब्द, संगीत र स्वर रहेको गीतलाई दर्शकले ६ लाख भन्दा बढी पटक हेरी सकेका छन् भने रिल्स र टिकटकमा पनि यो गीत छाएको छ। दुर्गेशलाई स्वरमा गायिका वविना किराँतीले साथ दिएकी छिन्।

प्रदीप लामाको कोरियोग्राफी रहेको गीतमा प्रियंका कार्की, आर्यन सिग्देल, दुर्गेश थाप र आयुष्मान जोशी फिचर्ड छन् । पवन सुस्लिङ्गको छायांकन र सम्पादन गीतमा रहेको छ। भदौ ५ गतेबाट रिलिज हुने चलचित्र ‘मास्टर्नी’ लाई प्रियंका कार्की जोशी, आयुष्मान जोशी, क्याबिनेट श्रेष्ठ र प्रनित कार्कीले संयुक्त रुपमा निर्माण गरेका छन्।

सुवेन्दु घोषको निर्देशनमा तयार भएको चलचित्रमा प्रियंका कार्कीको कथा र शान वस्नेतको स्क्रिप्ट रहेको छ। शान र प्रियंकाले नै संयुक्त रुपमा यो चलचित्रको डाइलग तयार पारेका छन्। चलचित्रमा प्रियंका कार्की, सरोज खनाल, गौरी मल्ल, विशाल पहाडी, प्रमोद अग्रहरी, आर्यन सिग्देल, अनुपविक्रम शाही, रक्षा थापा, सिम्रन खड्का, दिनेश काफ्ले लगायतका कलाकारको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्