‘एक्का तीन’ मा पूजा र कविताको टक्कर
कविता नेपाली नयाँ चलचित्र ‘एक्का तीन’ मा अनुबन्ध भएकी छिन्। उनको जन्मदिनको अवसर पारेर केहि दिन अगाडी निर्देशक रुपेश तामाङ्गले उनलाई चलचित्रमा अनुबन्ध गरेका हुन्। यस अगाडी यो चलचित्रमा पूजा शर्मा र पुष्प खड्का अनुबन्ध भैसकेका छन्। चलचित्रमा कविता मुख्य नायिकाको रुपमा अनुबन्ध भएकी हुन् । एक्सन जनराको चलचित्रमा कवितालाई एक्सन रुपमा नै देख्न सकिने निर्देशक तामाङ्गले बताए।

कविता भित्रिएपछि निर्देशक तामाङले भने–‘यो एक्सन जनराको चलचित्र हो । कविताजीको एक्सनलाई पनि दर्शकले रुचाएका छन् । यसैले, उहाँलाई हामीले अनुवन्धित गरेका हौं ।’
चलचित्रमा पूजा र कविताबिच कडा टक्कर हुने निर्देशक तामाङको भनाई छ । तीन पात्रको कथामा तयार हुन लागेको चलचित्रलाई जुना फिल्मस् र अधिरा फिल्मस्को ब्यानरमा निर्माण गर्न लागिएको हो । चलचित्रलाई सुमन गजमेरले लेखेका हुन् ।




