‘बेहुली’ को गीतमा कस्तो देखियो पारस र दिव्याको जोडी ?


भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘बेहुली’ को प्रमोशनल गीत ‘दिलमा ठाउँ छ’ रिलिज भएको छ। शुक्रबार एक विशेष पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै लोक फ्लेभरको यो गीत सार्वजनिक गरिएको हो ।

Screenshot

यस गीतमा चलचित्रका निर्माता समेत रहेका संगीतकार अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ भने अञ्जु पन्त, प्रशान्त सिवाकोटी र रबि ओडको स्वर रहेको छ। गीतको भिडियोमा पारस बम ठकुरी ‘कुल ब्वाई’, दिव्या रायमाझी, शुसान्त कार्की र पदम तामाङ फिचर्ड छन्। सियोन श्रेष्ठले भिडियोको कोरियोग्राफी गरेका हुन् । कार्यक्रममा गीत सार्वजनिक गरेसँगै संगीतकार तथा निर्माता पोखरेलले यो गीत चलचित्रको प्रचारप्रसार र प्रवर्द्धनका लागि फरक स्वादमा तयार पारिएको बताए ।

सशान कँडेलको निर्देशन र माधव शर्माको लेखन रहेको यस चलचित्रमा पारस बम ठकुरी, दिव्या रायमाझी, सुशान्त कार्की, पदम तामाङ, सन्तोष बानियाँ, सरिता गिरी, विशाल पहारी, कर्मा लामा, दीपक गौली, विमल यादव, अविरल श्रेष्ठ, सविन कट्टेल र समायरा थापा मगर लगायतका कलाकारको अभिनय रहेको छ ।

द डिभाइन म्युजिक र सम्मान इन्टरटेन्मेन्टको संयुक्त प्रस्तुति रहेको यस चलचित्रमा अर्जुन पोखरेल प्रस्तुतकर्ता रहेका छन् भने प्रताप शमशेर राणा निर्माता, कार्यकारी निर्मातामा शङ्कर कोइराला र रमेश सिलवाल, सह-निर्माता दुर्गा खरेल र शिशिर श्रेष्ठ छन्‌ । कोसिस राज क्षेत्री र सम्राट क्षेत्री लाइन प्रोड्युसर हुन् ।

प्रतिक्रिया दिनुहोस्