चलचित्र ‘अक्षरा’ को तीज गीत ‘नाचौन बरिलै’ रिलिज


भदौ २६ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘अक्षरा’ को तीज गीत‘नाचौन बरिलै’ रिलिज भएको छ। सुरेन्द्र रानाको शब्द कर्णराज गिरिको संगीत रहेको गीतमा समिक्षा अधिकारीले स्वर भरेकी छिन्। लोक लयमा आधारित तीज गीतले दर्शकको मन जित्ने निर्माण टिमको विश्वास रहेको छ।
रामजी लामिछानेको कोरियोग्राफी रहेको भिडियोमा चलचित्रका मुख्य अभिनेत्रीद्धय न्यान्सी खड्का र रिस्ता अधिकारीले नृत्य गरेका छन्।

विनयराज पौडेलको निर्देशनमा तयार भएको चलचित्रमा न्यान्सी खड्का,सुशील सिटौला,सुशील पोखरेल, पुष्कर राउत, रिस्ता अधिकारी, उत्तम केसी,अंशु महर्जन, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी,सुमन ज्योति न्यौपाने (ल्याग्री दादा), सृष्टि खड्काअभिनय रहेको छ। चलचित्रको बाल कलाकारमा रोनक खड्का र प्रीसा ढुङ्गाना रहेका छन्।

सोनी थापा (ढुङ्गाना) प्रस्तुतकर्ता रहेको चलचित्र क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको भएको हो। उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गानाले लगानी गरेको चलचित्रको कार्यकारी निर्माता सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने रहेका छन्।

प्रतिक्रिया दिनुहोस्