‘झिंगे दाउ २’ को गीतमा आँचल र केकीको दोहोरी


चलचित्र ‘झिंगे दाउ २’को तीज लक्षित गीत ‘जेठानी भर्सेस देउरानी’ रिलिज भएको छ। दुई पात्रबीचको रोचक दोहोरि र झगडा प्रस्तुत गरिएको गीतमा बाबुल गिरीको शब्द तथा संगीत, एलिना चौहान र रचना रिमालको स्वर छ । गीतको भिडियोमा दुई अभिनेत्रीहरु केकी अधिकारी र आँचल शर्माको झगडा प्रस्तुत गरिएको छ । चलचित्रमा केकी जेठानी र आँचल देउरानीको भूमिकामा छिन् । गीतको भिडियोलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन् ।

कपनगढी सिनेमा प्रा.लि र फिल्म क्रिउ नेपाल प्रा.लिको व्यानरमा निर्माण भएको चलचित्रमा ज्ञानेन्द्र देउजाको निर्देशन, सुलभ प्रतिक देउजा र समिक्षा देउजाको लगानी छ । रोशनी अधिकारी देउजा र नीतु श्रेष्ठ देउजा सह–निर्माता रहेको चलचित्रमा विष्णु घिमिरे ‘कल्पित’को डीओपी , मित्र डी गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको एक्सन छ ।

चलचित्रमा केकी र आँचलको साथमा महेश त्रिपाठी, कुशल बिष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुषाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभयराज बराल, उत्तम केसी, आशा भुसाल लगायतका कलाकारहरुको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्