निशाको तीज गीतमा प्रकाश, निरुता र विन्दुको नाच


गायिका निशा सुनारको नयाँ तीज गीत ‘लाली लपक्कै सारी सपक्कै’ सार्वजनिक भएको छ। भदौ १० गते नै भव्य कार्यक्रम गरेर रिलिज तयारी गरिएको गीत विनाशकारी बाढीका कारण पोष्टपोन्ड भएको थियो ।

प्रकाश सपुतको शब्द तथा संगीत रहेको गीतमा प्रकाश र निशा सुनारको स्वर रहेको छ। गम्भीर बिष्टको कोरियोग्राफी रहेको गीतमा प्रकाश सपुत, निरुता सिंह र विन्दु बोहराको नृत्य रहेको छ। निशालाई पनि गीतको भिडियोमा देख्न सकिन्छ।

गायक तथा मोडल प्रकाश सपुत र उनकी श्रीमती विन्दुले पहिलो पटक एकसाथ म्युजिक भिडियोमा काम गरेका हुन् । सुनिल बिकको निर्देशनमा तयार भएको भिडियोमा हरि हुमागाँइको डीओपी, प्रविण भट्टको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्