दर्शकले रुचाए ‘झिंगे दाउ २’ को ट्रेलर


असोज २ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘झिंगे दाउ २’ को ट्रेलर लाई दर्शकले रुचाएका छन्। आइतबार सार्वजनिक ट्रेलरले रिलिजको केहि घण्टामा नै सामाजिक संजालमा दर्शकको राम्रो साथ पाएको छ।

ट्रेलरमा दाजुभाई, देउरानी जेठानीको झगडा, आमाको ममता, सन्तानको प्रेम र आमा खोज्ने बिषयलाई प्रस्तुत गरिएको छ । कपनगढी सिनेमा प्रा.लि र फिल्म क्रिउ नेपाल प्रा.लिको व्यानरमा निर्माण भएको चलचित्रमा ज्ञानेन्द्र देउजाको निर्देशन, सुलभ प्रतिक देउजा र समिक्षा देउजाको लगानी छ भने रोशनी अधिकारी देउजा र नीतु श्रेष्ठ देउजा सह–निर्माता हुन् ।

चलचित्रमा केकी अधिकारी र आँचल शर्मा, महेश त्रिपाठी, कुशल बिष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुषाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभयराज बराल, उत्तम केसी, आशा भुसाल लगायतका कलाकारहरुको अभिनय छ ।
परिच्छेद सेनको पटकथा तथा संवाद रहेको चलचित्रमा गोविन्दु फुयाँल र शिशिर चालिसेको लेखन छ ।

प्रतिक्रिया दिनुहोस्