कस्तो छ ‘जदौ’ ट्रेलर ?
असोज ९ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘जदौ’ को ट्रेलर सार्वजनिक भएको छ। अन्तर जातीय सम्बन्धप्रति समाजमा ब्याप्त बिभेद,भेदभाव र उल्झनको बिषय प्रस्तुत गरिएको ट्रेलर हाँसो,रोमान्स तथा रोदनको समीश्रण देखिन्छ । काजी लिम्बूको लेखन रहेको चलचित्रमा
अन्जन शर्मा र काजी लिम्बूको संयुक्त निर्देशन रहेको छ ।

ट्रेलर सार्वजनीक कार्यक्रम निर्देशक अञ्जनले आफूहरुले नेपाली समाजमा यद्यपी ब्यप्त जातीय बिभेद,धनीमनीले गरिब–निर्धालाई गर्दै आइरहेको थिचोमिचोजस्ता गैरमानवीय कार्यबिरुद्ध चलचित्रको माध्यमबाट सशक्त आवाज उठाउने प्रयास गरेको बताए । उनले चलचित्रले नेपाली जनजीवनको मौलिक कथा बोकेको जोड दिदै प्रस्तुत बिषयले समाजलाई मनोरञ्जनका साथै सकारात्मक सन्देश प्रवाह गर्ने बिश्वास ब्यक्त गरे । अर्का निर्देशक काजी लिम्बूले आफूहरुले बर्षौदेखि भन्न चाहिरहेको कथा ‘जदौ’ मार्फत प्रस्तुत गरेको बताए ।
चलचित्रमा मुकुन भुषाल ,नीति शाह ,प्रभातपाल, ऋचा शर्मा ,गीता अधिकारी,नरेश पौड्याल, राजश्री थापा,विनोद न्यौपाने,खड्कबहादुर पुन (खबपु),सुन्दर धिताल,सन्ध्या श्रेष्ठ,सुमित्रा देवकोटा लगायतले अभिनय गरेका छन् । सृजना शर्मा,मनिष शर्मा र डिल्लीराज पोखरेल निर्माता रहेको चलचित्रको सह निर्मातामा राजाराम सुवेदी,सुमीत्रा देवकोटा,दीपक पोखरेल र नारायण शास्त्री र कार्यकारी निर्मातामा शान्ति पुडासैनी रहेका छन्। समीश्रण मुभीज एण्ड इन्टरटेन्मेन्टले सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट प्रालिसँगको सहकार्यमा निर्माण गरेको चलचित्रको शीर्ष गीत-जदौ हजुर..र प्रेमिल गीत–तिमीसँग नबोलि..हाल दर्शकस्रोताको रोजाइमा छन् ।






