‘कबड्डी ५’ को व्यापार ५ दिनमा ७ करोड पार


कार्तिक ६ गतेबाट रिलिज भएको चलचित्र ‘कबड्डी ५: आफ्टर द फाइनल म्याच’ बक्स अफिसमा आक्रामक देखिएको छ । रिलिजको दिनबाट नै आक्रामक सुरुवात गरेको चलचित्रले ५ दिनमा ७ करोड बढीको व्यापार गरेको निर्माण टिमले जानकारी दिएको छ । रिलिजको छैटौ दिनमा पनि ५० बढी शो बिहानै हाउसफुल रहेका छन् ।

रामबाबु गुरुङ्गको निर्देशनमा तयार भएको चलचित्रमा दयाहाङ्ग राई, विपिन कार्की, रिश्मा गुरुङ, मिरुना मगर, सिर्जना गुरुङ, पुस्कर गुरुङ, कविता आले, अरुणा कार्की, शिशिर बाङदेल, माओत्से गुरुङ, कमलमणी नेपाल, विष्णु मोक्तान लगायतको अभिनय छ । बाँसुरी फिल्म्सको व्यानरमा निर्माण भएको चलचित्रमा निर्देशक गुरुङ्ग सहित, मणिराम पोखरेल, मधु मिजार, विशाल गुरुङ निर्माता रहेका छन् भने कार्यकारी निर्मातामा सागर राज छन् ।

प्रतिक्रिया दिनुहोस्