निश्चल र सोफी धरेलको चलचित्र ‘अरिङ्गाल’को छायांकन सुरु
निश्चल खड्का र सोफी धरेल मुख्य भुमिकामा रहेको चलचित्र ‘अरिङ्गाल’को छायांकन पर्वत जिल्लाको राम्जा क्षेत्रबाट सुरु भएको छ । ट्रु इन्टरटेनर्स प्रा.लि.द्वारा निर्मित चलचित्रको बिहिबार कलाकार र निर्माण टिमले क्यामेरा पूजा गर्दै छायाङ्कन सुरु गरेको हो ।

चलचित्रका निर्देशक अमृतो स्वामी हुन् । राम्जामा यो चलचित्र १० दिन खिचेपछि बाँकी एक महिना काठमाडौँमा खिचिने जानकारी चलचित्रका लाइन प्रोड्युसर पुष्कर लामाले दिएका छन् । चलचित्रको विषयवस्तु र अन्य कलाकारको बारेमा निर्माण पक्षले अहिले केही पनि खुलाएको छैन ।







