‘ककाकिकी’ को ट्रेलर लाई दर्शकको उत्साहजनक प्रतिक्रिया
चलचित्र ‘ककाकिकी’ को ट्रेलर सार्वजनिक भएको पाँच दिनमै युट्युबमा १० लाखभन्दा बढी पटक हेरिएको छ। दर्शकको उत्साहजनक प्रतिक्रिया पाइरहेको ट्रेलरले आफुमा कौतुहलता बढेको दर्शक प्रतिक्रिया रहेको छ ।

निर्देशक बिक्की अग्रवालले ट्रेलर निर्माणमै फरक शैलीको प्रयोग गरेका थिए । परम्परागत ट्रेलरभन्दा केही फरक प्रस्तुति भएकाले पनि दर्शकको ध्यान आकर्षित गर्न सफल भएको अनुमान गर्न सकिन्छ।
साथै ट्रेलर नेपालको युट्युव मुभि ट्रेन्डिङ चार्टको तेस्रो नम्बरमा आउन सफल भएको छ । ट्रेन्डिङको पहिलो नम्बरमा बलिउड चलचित्र मातृभूमिको ट्रेलर छ भने दोस्रोमा नेपाली चलचित्र बाटुलो जूनको ट्रेलर छ ।
चलचित्रमा तृप्ति नाडकर, गौरी मल्ल, रेखा थापा, महेश त्रिपाठी, शिशिर वाङ्देल, दिया मास्के, मनोज गजुरेल, प्रकाश घिमिरे, माउत्से गुरुङ, सुवास गजुरेल, रेअर राई, खड्गबहादुर पुन मगर (खबपु), पवन खतिवडा (म्याकुरी), मुकुन्द मैनाली, रामबाबु रेग्मी, सीडी विजय अधिकारी, सरोज भण्डारी, सुजना श्रेष्ठ, विश्वास तिमल्सिना (बीटी कान्छा), एलिसा भोग, सुवर्ण थापा र कमल देवकोटालगायत कलाकारको अभिनय रहेको छ।
बिक्की अग्रवाल र श्रद्धा प्रसाईंको निर्देशनमा बनेको चलचित्रका निर्माता श्रद्धा प्रसाईं र सुमित्रा थापा हुन्। सुमन अग्रवालको कन्सेप्ट रहेको चलचित्रको लेखन बिक्की अग्रवाल, विकास अर्याल र सरोज भण्डारीले गरेका हुन् भने विश्वास तिमल्सिना (बीटी कान्छा)ले स्क्रिप्ट डक्टरको जिम्मेवारी सम्हालेका छन्।
चलचित्रको छायांकन सुदीप बरालले गरेका हुन्। ‘ककाकिकी’ मंसिर ११ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउँदैछ।







