मिलन र मार्मिकको ‘सुनबुकी फूल’ मा पल र सनिशा
मिलन नेवार र मार्मिक लामाको स्वरमा रहेको गीत ‘सुनबुकी फूल’ सार्वजनिक भएको छ । गीतमा राजनराज शिवाकोटी र गोविन्द भट्टको शब्द र संगीत राजनराज शिवाकोटीको रहेको छ । गीतको संगीत संयोजन बिजेश्वर राज तण्डुकार तथा सञ्जीव बराइलीले गरेका छन् ।

गीतको रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङ बिजेश्वर राज तण्डुकारले गरेका हुन् । गीतको भिडियोमा अभिनेता पल शाह र अभिनेत्री सनिशा भट्टराई फिचर रहेका छन् ।
देवेन्द्र पाण्डेको निर्देशन र कोरियोग्राफी रहेको भिडियोमा पुकार भट्टराईको पनि अभिनय रहेको छ । भिडियोको छायांकन उत्सव दाहालले गरेका हुन् भने सम्पादन तथा कलर बिजेश पौडेलले गरेका छन् ।







