बक्स अफिसमा ‘बाटुलो जुन’ को व्यापार ८ करोड पार


अभिनेता अनमोल केसीले बक्स अफिसमा आफ्नो स्टारडम पुन: प्रमाणित गरेका छन् । आफ्नो करियरको नै ठुलो ओपनिङ्ग गरेका अनमोलको ‘बाटुलो जुन’ ले रिलिजको ११ दिनमा ८ करोड ३५ लाख बढीको व्यापार गरेको छ । ६ मंसिर सम्म २ लाख ६९ हजार ५४४ वटा टिकट बिक्री गर्दै ८ करोड ३५ लाख ३७ हजार ९१७ रुपैयाँ ग्रस छ ।

काठमाडौंका दर्शक भेटेर पश्चिम लागेको चलचित्रको टिमले दर्शकको राम्रो साथ पाएको छ । निर्देशक भुवन केसी, नायक अनमोल केसी र नायिका प्रिन्सी खतिवडासहितको टिम पश्चिम नेपालका विभिन्न स्थानमा पुगेको थियो । भुवन, अनमोल र प्रिन्सीको क्रेज पश्चिम नेपालमा आकर्षक देखिएको थियो । दाङ्ग, नेपालगन्ज, धनगढी, चितवन र पोखराका दर्शक भेट्न चलचित्रको टिम पुगेको थियो। जिया केसी र भविष्य खड्काको निर्माणमा विवेक थापा सह–निर्माता रहेको चलचित्रको कथा सामिप्यराज तिमिल्सिना र सरिन पोखरेलले मिलेर लेखेका हुन् ।

प्रतिक्रिया दिनुहोस्