आफैलाई अब्बल प्रमाणित गर्न पुष्पलाई चुनौती


सुकिलो ज्यान, चम्किलो अनुहार अनि युवापुस्तामा थोरबाहुत फ्यान फलोअर्स अहिलेका पुस्ताका कलाकारको पहिलो पहिचान हो यो। कसको कति फलोअर्स छ, दर्शकमा कस्तो क्रेज रहेको छ यसले चलचित्र निर्माताको नजरमा कलाकार पर्ने पहिलो कडी बन्दै गएको छ। ठिकठाक अभिनय भए पनि आफ्नो लुक्सका कारण चर्चामा आएका कलाकार धेरै रहेका छन्। चकलेटी लुक्सको साथमा अभिनय गर्न सक्ने कलाकारको लिस्ट निकाल्ने हो भने त्यो खासै लामो बन्दैन।

म्युजिक भिडियो हुँदै चलचित्रमा प्रवेश गरेका अभिनेता हुन्, पुष्प खड्का। सुरुवाती चलचित्रमा खासै सफलता हासिल नगरे पनि पुष्पले राष्ट्रिय अवार्ड जितिसकेका छन् । उनको करियरमा बिशेष बनेको चलचित्र हो,’ मङ्गलम’ । यहि चलचित्रले उनलाई राष्ट्रिय अवार्ड दिलायो। उनको अभिनयको चर्चा यहीबाट सुरु भयो। सामाजिक संजालको बहसमा चर्किने नाम भन्दा थोरै पर रहेका पुष्पको चलचित्र सेलेक्सन भने अप्त्यारिलो रहेको छ। केहि चलचित्रको क्यारेक्टर त यति कमजोर सेलेक्सन गरेका छन् त्यो पुष्पबाट अपेक्षित सायद रहदैन दर्शकलाई।

मंगलम पछीको चलचित्र छनोटमा चुकेका पुष्प पुन एकपटक पर्दामा फर्कदैछन्। उनी मुख्य भूमिकामा रहेको चलचित्र ‘कृष्ण लिला’ भदौ ३ गतेबाट रिलिज हुदैछ। सार्वजनिक ट्रेलरमा उनको अभिनय आकर्षक देखिएको छ। मङ्गलम चलचित्रमा न्युरोलोजिकल डिसअर्डर भएको चलचित्रमा देखिएका पुष्प यो चलचित्रमा अटिजमका विरामीका रुपमा देखिएका छन्। अटिजम अर्थात् उमेरले वयस्क भए पनि शारीरिक र मानसिक रुपमा कमजोर व्यक्ति । ‘कृष्णलिला’ नेपाली चलचित्रमा लामो रेसको घोडा बन्न पुष्पका लागी बलियो हतियार हो। सुन्दर अभिनयले दर्शकलाई हलसम्म तान्न सके पुष्पले केहि बर्ष नेपाली चलचित्र क्षेत्रमा आफ्नो बलियो उपस्थिति जनाउने छन्।
यो चलचित्रमा उनले आफुलाई कति अब्बल प्रमाणित गर्न सकेका छन् त्यो हेर्न बाँकी रहेको छ।

प्रतिक्रिया दिनुहोस्