‘छक्का पन्जा ४’ : चुनौती बीच इतिहास दोहोर्याउने अवसर


रेकर्ड नै रेकर्ड कायम गर्न सफल छक्का पन्जा टिमको चौथो सिरिज ‘छक्का पन्जा ४’ फागुन १९ गतेबाट रिलिज हुदैछ। सधै दशैँलाई रिलिज मिति तय गर्ने चलचित्रको टीम यो पटक फागुनमा रिलिज हुने तयारीमा जुटेको छ। दिपक-दिपा समूह नेपाली चलचित्र इतिहासमा लगातार हिट चलचित्र दिने व्यानरको रुपमा स्थापित रहेको छ। वडा न ६, छ एकान छ, छक्का पन्जा, छक्का पन्जा २ , छक्का पन्जा ३, छ माया छपक्कै सवै चलचित्रले हिट र सुपरहिट व्यापार गरेका छन्। दर्शकको विश्वास र चलचित्र क्षेत्रको भरोसाको व्यानर बनेको आमा सरस्वती मुभिज सुस्ताएको चलचित्र व्यापर र क्षेत्र फेरी जुर्मुराउन सहयोगी सावित हुनेमा सवै विस्वस्त रहेका छन्।

दर्शकलाई बुझेर कथा निर्माण गर्ने र त्यहि अनुसार प्रस्तुत गर्न माहिर यो टीमको चलचित्रले यसपटक सहरको कथा बोल्दैछ। राजा पात्रको राजनैतिक यात्रा झल्कने गीतमा समावेश केहि दृश्यले स्पष्ट पारेको छ। गाउँ र यस क्षेत्रका कथा बोल्दै आएका दिपक-दिपा यो पटक सहरको राजनीतिक कथालाई आफ्नो शैलीमा वाचन गर्ने जमर्कोमा रहेका छन्। हेमराज बिसीले निर्देशन गरेको चलचित्रमा दिपकराज गिरि, दिपाश्री निरौला, केदार घिमिरे, निर्मल शर्मा, वेनिशा हमाल, मलिना जोशी, राज आचार्यको साथमा अन्य दर्जनौ कलाकारको अभिनय रहेको छ।
सम्पूर्ण कलाकारलाई दर्शकले नोटिश गर्ने पात्रमा प्रस्तुत गर्नु यो टीमको अर्को खुबी रहेको छ।

अवसर संगै यो पटक दिपक- दीपाको टिम चुनौती बोकेर चलचित्र रिलिज गर्दैछ। महिना दिन बढी प्रचारमा खटिने यो टिम यो पटक प्रमोशनको कम समयमा बढी स्थानमा पुग्न पर्ने चुनौती पुगेको छ। यो पटक डिजिटल प्रमोशनलाई बढी फोकस गर्ने दिपकराज गिरिले घोषणा गरिसकेका छन्। चलचित्रको प्रचारमा गीतसंगीतलाई बिशेष ध्यान दिने यो टिमले यो पटक पनि बम्पर हिट गीत सार्वजनिक गरिसकेको छ। दर्शक ट्रेलरको प्रतीक्षामा रहेका छन्।
इतिहास बनाउन सिपालु ‘छक्का पन्जा’ टीम यो पटक पनि त्यहि आशा, भरोसा र विस्वासको साथ रिलिजको तयारीमा जुटेको छ।

प्रतिक्रिया दिनुहोस्