दया र मिरुनाको जोडी, पर्दामा हेर्न उत्साहित दर्शक


अभिनेता दयाहाङ्ग राई र अभिनेत्री मिरुना मगर मुख्य भूमिकामा रहेको चलचित्र ‘कब्बड्डी ४’ रिलिजको तयारीमा रहेको छ । सफल सिरिजको फाइनल म्याचका लागी दर्शक उत्साहित रहेका छन् । यो सिजन चलचित्रमा मिरुना मगर मुख्य भूमिकामा रहेकी छिन् । मिरुना र दयाको जोडी हेर्न दर्शक उत्साहित रहेका छन् । मिरुनाले दयाको जन्मदिनको अवसर पारेर दुवैको तस्विर पोष्ट गरेकी छिन् । उनले पोष्ट गरेका तस्विरमा दुवैको जोडी र केमेष्ट्री गज्जब देखिएको छ। अव यी दुईको जोडी चलचित्रको पर्दामा कस्तो देखिने हो त्यो भने हेर्न बाँकि रहेको छ।

प्रतिक्रिया दिनुहोस्