रोमान्टिक मुडमा दिपक-दिपा र धुर्मुस- सुन्तली


हास्य कलाकारिता क्षेत्रमा प्रभावशालि छाप छाड्न सफल जोडी हुन्, दिपकराज गिरि / दिपाश्री निरौला र सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘ सुन्तली’ । फरक फरक हिसाबले करियर सुरु गरेर जोडीको रुपमा स्थापित बनेका यी दुई जोडी सधै चर्चामा रहने गर्दछन् ।

धुर्मुस-सुन्तली वैवाहिक जोडीको रुपमा रहेका छन् भने दिपक-दिपाको मित्रता र व्यावसायिक सम्बन्ध रहेको छ । दिपक-दिपा हास्य टेलिचलचित्र हुदै सिनेमा निर्माण र निर्देशनमा सक्रिया रहेका छन् ।

‘धुर्मुस सुन्तली’ भने सामाजिक कार्यमा ज्यादा सक्रिया रहेका छन्। पछिल्लो समय भने दुवै कलाकारिता पुन: सक्रिय भैरहेका छन् । यी चार केहि दिन अगाडी एक वैवाहिक समारोहमा साथ देखिएका थिए ।

तस्विर: मिलन ढुंगाना

प्रतिक्रिया दिनुहोस्