को हुन् प्रदिप खड्कासंग सहकार्य गर्न लागेकी भारतीय अभिनेत्री चुम दराङ ?
अभिनेता प्रदिप खड्काले निकै महत्वका साथ हेरेको चलचित्र ‘ऐरी’ मा मुख्य अभिनेत्री फाइनल भएकी छिन्। चलचित्रमा भारतीय अभिनेत्री चुम दराङ मुख्य भूमिकामा अनुबन्धित भएकी हुन्। ‘बिग बोस १८’ मा सहभागी भएर चर्चामा आएकी चुमले सन् २०२० मा ओटीटीमा रिलिज भएको वेब सिरिज ‘पाताल लोक’बाट अभिनय करिअर सुरु गरेकी थिइन्।

‘बधाई दो’, ‘खौफ’, ‘गंगुबाई कठियाबाडी’ जस्ता चलचित्रमा काम गरिसकेकी उनको यो पहिलो नेपाली चलचित्र हो। चलचित्रको तयारीका लागी उनि अहिले काठमान्डौमा रहेकी छिन्। उनले नेपाली डाइलग सिकिरहेकी छिन् भने घोड सवारी पनि संगै सिकिरहेकी छिन्। चलचित्रको नकारात्मक भूमिकामा सांगे सेल्ट्रिम देखिदैछन्। उनले बलिउड अभिनेता शाहरुख खानसंग स्क्रिन शेयर गरिसकेका छन्। उनकै मध्यमबाट चुमसंग ५ महिना अगाडी चलचित्रको बारेमा कुरा पुगेको थियो। चुम सकारात्मक देखिएपछि निर्माण टिमले उनीसंग कागजी सम्झौता गरेको थियो।
दुई सातापछि छायांकनमा जाने चलचित्र नेपाली र हिन्दी भाषामा तयार हुँदैछ । जीवन थापाको निर्देशनमा तयार हुने चलचित्रको छायांकन तालिका ३ महिनाको रहेको छ। त्यस्तै भिएफएक्समा ७/८ महिना समय लाग्नेछ। यो चलचित्रका लागी झन्डै २ बर्षको समय लाग्ने बताइएको छ । प्रेमगीत ३’को हिन्दी डबलाई भारतमा वितरण गरेको कम्पनीसँगको सहकार्यमा निर्देशक थापाको कम्पनी मल्टिमेटले चलचित्रको निर्माण गर्नेछ ।