‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, बलियो बन्यो स्टारकाष्ट


परिच्छेद सेनको निर्देशनमा तयार हुने चलचित्र ‘महाराजधिराज’ मा कलाकारको प्रवेश बढ्दो रहेको छ। नाम चलेका र अभिनयमा अब्बल रहेका कलाकारको राम्रो उपस्थिति चलचित्रमा देखिने भएको छ। अव यो चलचित्रमा अभिनेता पुष्प खड्काको प्रवेश भएको छ। केहि समयबाट कुनै चलचित्रमा नदेखिएका पुष्प यो चलचित्रमार्फत ठुलो पर्दामा देखिने भएका हुन्।

पुराना र नयाँ पुस्ताका कलाकारहरूको मिश्रण देखिएको चलचित्र रोचक बन्ने अनुमान धेरैको रहेको छ । अभिनेता पुष्प ‘महाराजधिराज’मा आफ्नो भूमिका विशेष र महत्वपूर्ण रहेको बताउँदै निकै उत्साहित देखिएका छन् । उनले यस चलचित्रले आफूलाई नयाँ उचाइ दिने विश्वास व्यक्त गरेका छन् ।

‘महाराजधिराज’मा आर्यन सिक्देल, रमेश उप्रेती र पल शाह, वर्षा राउत र वर्षा शिवाकोटीको अभिनय रहने पक्का भैसकेको छ।यो चलचित्रमा निर्देशक सेन स्वयंको लेखन रहेको छ ।

छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने ‘महाराजधिराज’का प्रस्तुतकर्ता विराज बिष्ट हुन् । चलचित्रका निर्मातामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का छन् । ‘महाराजधिराज’ आगामी फूलपातीमा देशभर प्रदर्शनमा आउने तयारीमा छ ।

प्रतिक्रिया दिनुहोस्