‘पिताम्बर’ ले मनायो ५१ दिन , दोश्रो शृंखला निर्माणको घोषणा


कृषा चौलागाईको निर्देशनमा तयार भएको चलचित्र ‘पिताम्बर’ ले हलमा प्रदर्शनको ५१ दिन पार गरेको छ। व्यावसायिक हिसाबले ठिकठाक प्रदर्शन गरेको चलचित्रको एक्सनको प्रसंसा भएको थियो। कृषाको निर्देशकीय पाटोको पनि प्रसंसा भएको मल्टिस्टार चलचित्रको दोश्रो श्रृंखला निर्माण घोषणा भएको छ। ‘पिताम्बर’को दोस्रो श्रृंखला प्रिक्वेल (पहिलो भाग) हुनेछ । कृषा चौलागाईंको निर्देशनमा बन्न लागेको फिल्मको निर्माण र रिलिज कहिले हुन्छ भन्नेबारेमा भने जानकारी गराइएको छैन ।

पिताम्बरमा सौगात मल्ल, दयाहाङ राई, सुरक्षा पन्त, प्रदीप खड्का, अनुपविक्रम शाही, दिव्य देव, प्रमोद अग्रहरी, सुपुष्पा भट्ट, दिव्या रायमाझी, आर्यन सिग्देल लगायतको अभिनय छ । ‘पिताम्बर २’ मा विशाल चौलागाईंको निर्माण र पुरुषोत्तम प्रधानको डीओपी तथा सह–निर्माण रहनेछ ।

प्रतिक्रिया दिनुहोस्