नव-नायकसंग कति जम्यो पूजाको जोडी ?


सुदर्शन थापा निर्देशित चलचित्र ‘सम्हालिन्छ कहिले मन’ को पहिलो गीत ‘जरुरी कुरा छ’ सार्वजनिक भएको छ। अन्जु पन्त र सुरेश लामाको स्वरमा रहेको गीतमा अर्जुन पोख्रेलले संगीत भरेका छन्। गीतमा सुरेश वाग्लेले शब्द लेखेका छन्।

कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा पूजा शर्मा र नव- नायक सोनाम तोप्देन फिचर्ड रहेका छन्। बेलायत र दुवईमा खिचेको भिडियोको दृश्य रोमाञ्चक देखिएको छ।

भदौ १७ लाई रिलिज मिति तय गरेको चलचित्रमा आकाश श्रेष्ठ, सरोज खनाल, गौरी मल्ल लगायतका कलाकारको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्