‘प्रसाद २’ ले जुराएको सुदर्शन, नम्रता र अर्पणको पुनर्मिलन


निर्देशकको रुपमा सुदर्शन थापाले आफुलाई अव्वल प्रमाणित गरेका छन्। बिशेष गरि लभस्टोरी जनराका चलचित्रमा उनको निर्देशकीय क्षमता दर्शकले रुचाएका छन्। लभस्टोरी जनरा बाहेक उनले निर्माण गरेको चलचित्र ‘धन्दा’ आकर्षक बनेको थियो। बक्स अफिसमा भने यो चलचित्र असफल बनेको थियो। सुदर्शन थापा र नम्रता श्रेष्ठले चलचित्र ‘मेरो एउटा साथी छ’ मा सहकार्य गरेका थिए। चलचित्र बक्स अफिसमा सफल भएको थियो र सुदर्शनले निर्देशकको रुपमा सफलता हासिल गरेका थिए।

नम्रताको क्रेज यो चलचित्रले झन् बढाएको थियो। लभ स्टोरी चलचित्र भन्दा बाहिर निस्किएर सुदर्शनले चलचित्र ‘धन्दा’ निर्देशन गरे। चलचित्रको मुख्य भूमिकामा थिए अर्पण थापा। कमर्सियल हिसावले असफल बने पनि चलचित्र राम्रो बनेको थियो।

अर्पण, सुदर्शन र नम्रता फेरी एकपटक जोडिएका छन् । यी तीनै जना चलचित्र ‘प्रसाद २’ मा सहकार्य गर्दैछन्। दिनेश राउतको निर्देशनमा बनेको चलचित्र प्रसाद निकै सफल बन्यो। चलचित्रको सिक्वेल बनाउन निर्माता लाग्दा दिनेशले सिक्वेल निर्देशन नगर्ने घोषणा गरे । सौरभ चौधरीको निर्देशनको अन्तिम तयारीमा निर्माण टिम पुग्यो।

तर अन्त्यमा चलचित्रको निर्देशनको जिम्मेवारी सुदर्शनको हातमा पुग्यो। निश्चल बस्नेतले चलचित्र छाडेपछि अर्पण थापा जोडिए। यी सवैले झन्डै दशक पछि सुदर्शन , अर्पण र नम्रताको सहकार्य जुर्यो। सुशील पौडेलको कथा रहेको चलचित्रमा विपिन कार्की मुख्य भूमिकामा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्