प्रिमियर अस्तव्यस्त, हलमा आजबाट ‘लाखे’


एक्सन जनराको चलचित्र ‘लाखे’ मल्टी स्टारर रहेको छ। चलचित्रमा सौगात मल्ल, अर्पण थापा, प्रशान्त ताम्राकार, अनुप विक्रम शाही, बर्षा राउत, आर्यन अधिकारी, सुशील सिटौला लगायतका कलाकारको जम्बो टोली रहेको छ।

सम्राट बस्नेतको निर्देशनमा बनेको चलचित्रको बुधबार प्रिमियर गरिएको थियो। झन्डै ४०० बढी पाहुना बोलाइएको प्रिमियर अस्तव्यस्त बनेको थियो। व्यवस्थापन राम्रो बन्न नसक्दा चलचित्रको प्रिमियर खल्लो बनेको थियो। भरिएका सिट र हिड्ने प्यासेज देखि थपिएका सोफा सम्मले प्रिमियरको शोभा बढाउन सकेको थिएन ।

अधिकांश पाहुनाले चलचित्र हेर्न पाएनन्। तर जति पाहुनाले हेरे चलचित्रको एक्सन र क्लाइमेक्सको चर्चा भने खुलेर गरे। पावरप्याक एक्सन आमन्त्रित पाहुनाले रुचाएपछि निर्माण टिम दंग रहेको छ।


सोहि प्रेम दर्शकबाट पाउने अपेक्षा सहित आज बाट चलचित्र हलमा रिलिज भएको छ।

प्रतिक्रिया दिनुहोस्