A vertical shot of the black cat in the dark darkness

के रेखा र पूजा चलचित्रमा साथ देखिदैछन् ?


अभिनेत्री रेखा थापा र पूजा शर्मा एकै चलचित्रमा देखिने भएका छन् । रेखा नेपाली चलचित्र क्षेत्रकी सर्वाधिक सफल अभिनेत्री हुन्। राजनीतिमा पनि आफ्नो दरिलो उपस्थिति बनाएकी रेखा चलचित्र निर्माण र अभिनयमा फर्कन लागेकी हुन्। रेखा फिल्म्सको व्यानरमा अर्को एक चलचित्र बन्ने पनि चर्चा रहेको छ।


पूजा पछिल्लो पुस्ताकि चर्चामा रहेकी अभिनेत्री हुन्। पूजा शर्माको चर्चा ‘प्रेमगीत’ पछि कमि भएको छैन। दुई स्टारडम बोकेकी अभिनेत्रीको साथमा अर्की एक अभिनेत्रीलाई लिएर चलचित्रमा सहकार्यको तयारीमा रेखा र पूजा रहेका छन्। चलचित्रको कथा शिवम अधिकारिले लेखिरहेको बुझिएको छ । शिवम र वितरक करण क्रेजीले रेखा र पूजासंगको तस्विर शेयर गरेका छन्। यी दुवै रेखा र पूजासंग नजिक रहेका छन्।चलचित्रको सम्पूर्ण कुरा गोप्य राखिएको छ।

प्रतिक्रिया दिनुहोस्