A vertical shot of the black cat in the dark darkness

सुरक्षाको ‘बुलाकी’ बैशाख १ मा


२०८० को पहिलो दिन बैशाख १ गते आधा दर्जन चलचित्र रिलिजको घोषणामा पुगेका छन्। ‘भगवत गीता’, ‘नाईं नभन्नू ल ६’, ‘प्रसाद २’, ‘जारी’ र ‘बिहे पास’ ले यो मितिमा आफ्नो रिलिज डेट लक गरिसकेका छन्। यो भिडमा अभिनेत्री सुरक्षा पन्त मुख्य भूमिकामा रहेको चलचित्र ‘बुलाकी’ थपिएको छ। सुटिङ्ग सुरुवात नभएको कारण ‘भगवत गीता’ रिलिज टुंगो नभएका कारण ५ चलचित्रको भिडन्त भने पक्का रहेको छ।

लक्ष्मण सुनारको निर्देशन तयार भएको बुलाकीलाई टोपेन्द्र बिष्टले निर्माण गरेका हुन्। केही दिनमा टिजर रिलिज गर्ने तयारीमा रहेको चलचित्रमा सुरक्षा पन्त, नरेन खड्का र विराज विष्ट, प्रकाश कँडेल, रमेश बुढाथोकी, सुशील पोखरेल, लक्ष्मी गिरी, कुलदीप अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ।

पोष्टर रिलिज देखि नै चर्चा बटुल्न सफल चलचित्र यसअगाडी फागुन १९ मा रिलिजको तयारीमा रहेको थियो। तर यो मितिमा ‘छक्का पन्जा ४’ र ‘छड्के २’ रिलिजको तयारीमा रहेका छन्। यसको मर्कामा पर्ने डरले पछि सरेको चलचित्र फेरी ५ वटा चलचित्रको भीडमा बैशाख १ मा किन पुग्यो र यसको लाभ कस्तो होला त्यो भने रिलिज पछाडी नै थाह होला।

प्रतिक्रिया दिनुहोस्