निर्देशक सुदर्शन थापालाई पुत्र लाभ


निर्देशक सुदर्शन थापा र संचारकर्मी सुप्रिया कटुवाललाई पहिलो सन्तानको रुपमा छोरा प्राप्त भएको छ। दुई वर्ष अगाडी विवाह गरेको यो जोडीलाई शिव रात्रिको दिन पहिलो सन्तान लाभ भएको हो। निर्देशक थापाले आफ्नो समाजिक संजाल मार्फत उक्त कुराको जानकारी दिएका हुन्। छोराको नाम प्रियदर्शन थापा रखिएको छ।

‘मेरो एउटा साथी छ’ , ‘प्रेम गीत’ , ‘म यस्तो गीत गाउँछु’ लगायतका हिट चलचित्र निर्देशन गरेका थापाले निर्देशन गरेको ‘प्रसाद २’ रिलिजको तयारीमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्