नेपालसंगै फागुन १९ मा मध्यपूर्वका ६ देशमा ‘छक्का पन्जा ४’


फागुन १९ गतेबाट नेपालमा रिलिज तयारीमा रहेको चलचित्र ‘छक्का पन्जा ४’ मध्यपुर्वमा पनि एकसाथ प्रदर्शनमा आउने भएको छ। सार्वजनिक गीत र ट्रेलरले राम्रो चर्चा बटुलिरहेको छ। चलचित्र विकास बोर्ड र वितरक रमेश ढकालबीच नेपालमा प्रदर्शनमा आएसंगै मध्यपुर्वका ६ देशमा एकसाथ रिलिजको तयारी भएको हो। चलचित्र विकास बोर्डले यूएईमा आयोजना गरेको नेपाल फिल्म फेस्टको समापनको अवसरमा वितरक ढकाल र बोर्ड अध्यक्ष भुवन केसीबीच सम्झौता भएको हो ।

चलचित्र मध्यपूर्वका ६ देशकका ५ दर्जन बढी पर्दामामा ‘छक्का पन्जा ४’ प्रदर्शनको तयारी भैरहेको छ। दिपकराज गिरि, दिपाश्री निरौला, निर शाह, केदार घिमिरे, निर्मल शर्मा , बुद्धि तामाङ्ग, बेनिशा हमाल, राज आचार्य, सुष्मा निरौला लगायतका कलाकारको अभिनय चलचित्रमा रहेको छ। हेमराज बिसीले निर्देशन गरेको चलचित्रमा केदार घिमिरे र निर्मल शर्मा कार्यकारी निर्माताको रुपमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्