असार १५ मा शिल्पा र कोसिसको ‘परस्त्री’


सुरज पाण्डेको डेव्यु निर्देशनमा तयार भएको चलचित्र ‘परस्त्री’ ले प्रदर्शनको नयाँ मिति तोकेको छ। डिएस डिजिटलको व्यानरमा निर्माण भएको चलचित्र अव असार १५ गतेबाट प्रदर्शन हुने भएको छ। निर्देशक दिपेन्द्र के खनाल र शर्मिला पाण्डेले संयुक्त रुपमा निर्माण गरेको चलचित्र नेपाली र हिन्दि भाषामा निर्माण भएको छ।

चलचित्रमा कोशिश क्षेत्री, शिल्पा मास्के, गौरव विष्ट, एलिशा क्षेत्री र आशान्त शर्माको अभिनय छ । सोसल- फेमिली ड्रमा जनरामा राखिएको चलचित्रले विवाहेत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक संकटको कथा बोलेको छ।

प्रतिक्रिया दिनुहोस्