सागर लम्सालका पिता गायक राजेन्द्रको निधन, शव नेपाल ल्याउने तयारी


कलाकार सागर लम्साल क्षेत्री ‘बले’ लाई शोक परेको छ। उनका पिता बरिष्ठ लोकगायक राजेन्द्र लम्सालको निधन भएको छ। राजेन्द्र १२ बर्ष देखि स्पेन बस्दै आएका थिए।

स्वस्थ्यमा समस्या देखिएका लम्सालको शवलाई नेपाल ल्याउने तयारी गरिएको छ। ‘जापान टोकियो’, ‘डोरीको तीन फुदा’, ‘वालिङ फिरफिरे’, ‘शिरमा रिबन सलको पछ्यौरी’, ‘भीरको टुनी हो’, ‘मर्स्याङ्दीको पुल’ लगायत दर्जनौ हिट गीत उनले दिएका छन्। जापान टोकियो उनको सर्वाधिक चर्चामा रहेको गीत हो। लम्साललाई समाजिक संजाल मार्फत कलाकर्मीले श्रद्धान्जली अर्पण गरिरहेका छन्।

मृतक लम्साललाई हाम्रो तर्फबाट हार्दिक श्रद्धान्जली

प्रतिक्रिया दिनुहोस्