A vertical shot of the black cat in the dark darkness

‘खाली छैन मेरो मुटु’ मा प्रेमिल दया र प्रकृति


बैशाख १ गतेबाट रिलिज हुने तयारीमा रहेको चलचित्र ‘बिहे पास’ को गीत सार्वजनिक भएको छ। ‘खाली छैन मेरो मुटु’ बोलको गीत निर्माण टिमले सार्वजनिक गरेको हो । अस्तित्भा कर्ण र विद्यामञ्जु तिवारीको स्वर रहेको गीतमा डिपी खनालको शब्द र प्रवेश मल्लिकको संगीत रहेको छ।


रामजी लामिछानेको कोरियोग्राफीमा तयार भएको गीतको भिडियोले रोमान्टिक भाव बोकेको छ। दयाहाङ राई र प्रकृति श्रेष्ठको रोमान्टिक भाव र प्रेम भिडियोमा प्रस्तुत गर्न खोजिएको छ। प्रवेश पौडेलको निर्देशनमा तयार भएको चलचित्रको टिजर केहि दिन अगाडी सार्वजनिक गरिएको थियो। प्रेम र विवाहका लागि सरकारी जागिर र यसको लागी गर्नु परेको संघर्षको कथा टिजरमा देखिएको छ।

प्रवेश पौडेलको निर्देशनमा तयार भएको चलचित्र बुद्धि तामाङ्ग, शिशिर वाङ्ग्देल, रविन्द्र झा, विशाल पहाडी, सुवास गजुरेल, हिउँवाला गौतम, रुषा न्यौपाने लगायतका कलाकारको अभिनय रहेको छ। रोहित कट्टेल प्रस्तुतकर्ता रहेको चलचित्रमा रोजन श्रेष्ठ निर्माता र रत्न श्रेष्ठ कार्यकारी निर्माताको रुपमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्