आशिर्वादसंग कस्तो देखियो आंचलको केमेष्ट्री?, ‘नाइँ नभन्नु ल ६’ गीत यस्तो बन्यो


बैशाख १ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘नाइँ नभन्नु ल ६’ को पहिलो गीत निर्माण टिमले सार्वजनिक गरेको छ। ‘दिउँला माया’ बोलको गीतमा अभिनेत्री आंचल शर्मा र डेव्यु नायक आशिर्वाद क्षेत्रीको केमेष्ट्री देखिएको छ। रोमान्टिक फ्लेवरको गीत र भिडियोमा दुवैको क्यारेक्टर दर्शाउन खोजिएको छ।

बेनिशा पौडेल र शरद शंकरको स्वर रहेको गीतमा कृष्णहरि बरालको शब्द र शरद शंकरको संगीत रहेको छ। गीतको भिडियोमा आशिर्वादलाई गायक बन्ने इन्ट्रेस्ट र आंचलले गीत गाउन दिएको साथ देखाइएको छ। आंचल र आशिर्वादको केमेष्ट्री भिडियोमा आकर्षक देखिएको छ । डेव्यु नायकको लुक्स र एक्सप्रेसनले उनको सम्भावना नेपाली चलचित्र क्षेत्रमा बलियो देखिएको छ । विकासराज आचार्यको निर्देशनमा तयार भएको चलचित्रमा केकी अधिकारी, प्रियंका कार्की, सरोज खनाल लगायतको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्