‘नाई न भन्नु ल’ सिरिजका पर्याय अनुभव रेग्मी


बाल कलाकारको रुपमा सर्वाधिक सफल बनेको नाम हो, अनुभव रेग्मी। ‘नाई न भन्नु ल’ सिरिजका स्टार अनुभव हुन्। उनको अभिनय र उनकै लागी चलचित्र हेर्न हलसम्म आउने दर्शकको जमात रहेको छ। लगातार ४ वटा सिरिजमा देखिएका अनुभव चलचित्रको छैटौ सिरिजमा देखिने वा नदेखिने निर्माण टीमले स्पष्ट जानकारी गरेको थिएन। उनि रहने अव नरहने कारण उनको उमेर नै रहेको थियो।

टिनएजमा पुगिसकेका अनुभव यतिबेला एसईई को परिक्षा लेख्ने तयारीमा रहेका छन्। बाल कलाकारको रुपमा उनी पर्फेक्ट नदेखिने र हिरोको रुपमा उनको उपस्थिति उमेर नभएको कारण एक समय चलचित्रमा उनी नरहने खबर समेत बाहिरिएको थियो। तर ‘नाई न भन्नु ल’ को यो सिरिजमा पनि अनुभवको उपस्थिति रहने भएको छ। उनले आफ्नो भागको सुटिङ्ग सम्पन्न गरेका छन्। पशुपति क्षेत्रमा उनले आफ्नो जोडी योगिशा खत्रीसंग सिन दिइरहेका छन्। अनुभव र योगिशा ‘प्रेमगीत ३’ मा साथ देखिएका थिए।

विकासराज आचार्य निर्देशित चलचित्रमा आशिर्वाद क्षेत्री र आंचल शर्मा मुख्य भूमिकामा रहेका छन्। बाल कलाकारको रुपमा निखिल उप्रेती र संचिता लुईटेलका छोरा अथर्व उप्रेती डेव्यु गर्दैछन्। प्रियंका कार्की र केकी अधिकारी बिशेष भूमिकामा देखिदैछन्।

प्रतिक्रिया दिनुहोस्